इनरुवा/जल उपभोक्ता संस्था औरावनी आफुहरुमाथि लागेको आरोपको प्रतिवादमा उत्रेको छ ।सितागञ्ज नहरको विषयमा आफुहरुमाथि लगाइएका आरोपलाई जल उपभोक्ता संस्थाका पदाधिकारीले झुटो र निराधार बताउँदै प्रतिवाद गर्ने बताएका हुन ।जल उपभोक्ता संस्थाका पदाधिकाहरुले दुहवीमा पत्रकार सम्मेलनको आयोजना गरी त्यस्तो बताएका हुन । पत्रकार सम्मेलनमा उनीहरुले आफुहरुमाथि लगाइएको आरोप तथ्यहीन र स्वार्थपरक भएको बताएका छन ।

पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले सुनसरी मोरङ सिचाई आयोजना अन्तर्गत सितागञ्ज मूल तथा शाखा नहरको विषयमा गठित संघर्ष समितिले लगाएको आरोप राजनिती स्वार्थ केन्द्रीत भएको बताए । तपन दासले आफु र आफ्नो समितिमाथि लगाइएको लाञ्छनाको विरुद्धमा डटेर कानुनी लडाई लड्ने बताए ।दासले आन्दोलनका नाममा गठित संघर्ष समितिको प्रतिवाद गर्न आफुहरु तयार रहेको समेत बताए । कानुनी रुपमा प्रकृया संगत चलेको दाबी गरेका उनले आफुहरु सोही अनुरुप अघि बढ्ने बताए ।अध्यक्ष दासले असन्तुष्टिका विषयमा वार्ताका माध्यमबाट समाधान खोज्न सकिने भएपनि सुभालाल यादव नेतृत्वको संर्घष समिति भने बखेडाबाजी झिकेर आफुहरुको बदनाम गराउने प्रपञ्चमा जुटेको बताए ।

उनले उपभोक्ता संस्था र त्यस भित्रका पदाधिकारी नियम संगत चले–नचलेको भन्ने विषय जिम्मेबार निकाय सुनसरी मोरङ सिचाई आयोजनाले निर्क्योल गर्ने भएकाले असन्तुष्ट पक्षलाई कानुनी बाटो रोज्न पत्रकार सम्मेलन मार्फत सुझाव समेत दिए ।सितागञ्ज उपभोक्ता संघर्ष समितिले चरणवद्ध आन्दोलन थालेपछि जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले पत्रकार सम्मेलनको आयोजना गरी आफुहरु माथिको आरोप खण्डन गर्नु परेको बताएको छ ।संघर्ष समितिले भने तपन दासको एकल नेतृत्व हाबी रहेको भन्दै नयाँ नेतृत्व चयन हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको बताएको छ । उसले दासमाथि आर्थिक हिनामिना र किसान हीत विपरित काम गरेको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया