- अमर काफ्ले

सुनसरी एमालेको अध्यक्षमा इनरुवाका खेमराज पोखरेल छानिएका छन ।समानान्तर कमिटीको विषयले बिभाजित बन्न पुगेको एमाले सुनसरीलाई सहमतिको विन्दुमा ल्याउने क्रममा जिल्ला अध्यक्षको जिम्मेबारी पोखरेललाई दिइएको हो ।

इनरुवामा आयोजित पार्टीको पूर्ण बैठकले जिल्ला कमिटी एक भएको घोषणा गर्नुको साथै अध्यक्ष सहितका पदाधिकारीको विषय टुङ्गो लगाएको हो । कार्यक्रमका बिच औपचारिक रुपमा जिल्ला कमिटीका पदाधिकारीहरुको नामावली समेत सार्वजनिक गरिएको छ ।

जस अनुसार नेकपा एमाले सुनसरी अध्यक्षको जिम्मेबारी खेमराज पोखरेललाई दिइएको छ । नयाँ गठित जिल्ला कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्द बस्नेत रहेका छन । त्यसैगरी सचिवमा पर्शुराम यादव र शत्रुघन यादव छानिएका छन । सह–सचिवको जिम्मेबारी भने लिलम बस्नेत र लोकेश निरौलालाई दिइएको छ ।कार्यक्रममा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्य, जिल्ला इन्चार्ज धर्म निरौला, सह इन्चार्जहरु कुसियत सहित भगवती चौधरी र तैयब हुसेन लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहरुले विगतलाई विर्सेर वर्तमानलाई आत्मसाथ गरी अघि बढ्नु पर्नेमा जोड दिए । उनीहरुले सुनसरीमा जिल्ला कमिटी एक भएको सन्देशले केन्द्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिए ।

तपाईको प्रतिक्रिया