- राजीव कुशवाहा

देवानगन्ज। सुनसरी जिल्लाको जनगणना कार्यालय ‘ख’ अर्न्तगत पर्ने स्थानिया जनगणना कार्यालय देवानगन्जले विधि पूर्वक मुख्य प्रश्नावली फारम भरी जनगणना शुरू गरेको छ। स्थानिय जनगणना अधिकारी राजकुमार मेहताले देवानगन्ज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको तथ्याङ्ग लिई विधि पूर्वक सुरू गरेका हो। स्थानिया जनगणना कार्यालय देवानगन्ज अन्तर्गत हरीनगर, बर्जू र देवानगन्ज गरि तिन वटा गाउँपालिका रहेकाे छ। तिन वटा गाउँपालिकामा १ सय १६ जना गणक र २८ जना सुपरिवेक्षक गणकहरूलाई सुपर भिजन गर्न खटाएको स्थानीय जनगणना अधिकारी राजकुमार मेहताले जानकारी दिनु भयाे।

मेहताका अनुसार गणकले मुख्य प्रश्नावली भर्दा उत्तर दातालाई सब कुरा थाहा न हुन सक्छ। त्यसैले गणकले उत्तर दातालाई उत्तर आउने गरि प्रश्न गर्नु पर्छ। प्रश्न अनुसार उत्तर न आएको खण्डमा परिवारको अन्य सदस्यहरू संग सोधी सत्य तथ्य तथ्याङ्क लिन निकै समय लाग्न सक्ने भएकोले उत्तर दाता संग नम्रताका साथ गणकले लिनु पर्छ बताउनु भयाे।

आफ्नो सत्य तथ्य तथ्याङ्क स्थानीय जनगणना आधिकारि राजकुमार मेहतालाई दिदै देवानगन्ज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहता जनगणना राम्राे चिज हो। सबैले सही तथ्य सत्य कुरा लेखाउन जनता संग आग्रह गर्नु भयाे। जनगणनाबाट सरकार र जनता दुवैलाई फाईदा छ। उत्तर दाताले नजानेको कुरा आ-आफ्नो घरपरिवार संग सोधेर नयाँ तथ्याङ्कमा सबैले इमान्दारी पूर्वक सत्यतथ्य लेखाउनु गाउँपालिकाकाे मात्र होइन देशको स्वरुप परिवर्तन हुन सक्छ वताउनु भयाे।

तपाईको प्रतिक्रिया