- अमर काफ्ले

इनरुवा नगर प्याब्सनका नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन । जनक स्मृति मा.बि.मा आयोजित कार्यक्रमका बिच नगर प्याब्सनका पदाधिकारीहरुले शपथ सँगै पदभार ग्रहण गरेका हुन ।

दोस्रो अधिवेशनबाट इनरुवा नगर प्याब्सनको अध्यक्षमा रमेशप्रसाद गुरागाई सहितको ७ सदस्यीय कमिटी निर्विरोध चयन भएको थियो ।
नयाँ कार्य समिति तर्फ सचिवमा गंगाराम मण्डल र कोषाध्यक्षमा लोकनारायण मेहता चुनिएका थिए । त्यसैगरी सदस्य तर्फ सन्तोष भट्टराई, असफाक आलम, हरिशरण साह र करुणा श्रेष्ठ रहेका छन ।

प्याब्सन केन्द्रीय सल्लाहकार शंकर थापा, जिल्ला अध्यक्ष विष्णु कोइरालाका साथै अगुवाहरु निरज नेपाल, दीपक कार्की लगायतको उपस्थिति रहेको कार्यक्रममा इनरुवा नगर प्याब्सनका निवर्तमान अध्यक्ष मनोजकुमार यादवले नयाँ कमिटीलाई जिम्मेबारी हस्तान्तरण गरेका छन ।असोज २ गते सम्पन्न दोस्रो अधिवेशनबाट चयन भएका पदाधिकारीहरुले आज पदभार ग्रहण गरेका हुन । आयोजकले प्राविधिक कठिनाईका कारण पदस्थापन कार्यक्रम ढिलाई हुन पुगेको जनाएको छ । इनरुवा नगर प्याब्सनमा नगर भित्रका २५ वटा विद्यालय समावेश छन ।

तपाईको प्रतिक्रिया