इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा ३ मा रहेको श्री राष्ट्रिय माध्यममिक विद्यालयमा प्लस टुको पठनपाठन सुरु भएको छ । शैक्षिक सत्रको सुरुवात बाटै ११ कक्षा संचालन गरिएको भएपनि आइतबार विद्यालयले औपचारिक रुपमा प्लस टु कक्षा संचालनको उद्घाटन गरेको हो । कक्षा उद्घाटन गाउँपालिकाका प्रमुख ऐयुब अन्सारीले गरेका छन ।

विद्यालयका प्रधानाध्यापक हरेकृष्णप्रसाद राउतले कक्षा ११ मा ३४ जना विद्यार्थी भर्ना रहेको जानकारी दिए । प्रअ राउतका अनुसार प्लस टुमा शिक्षा र वाणिज्य विषयको पठापाठन हुने छ ।उद्घाटन कार्यक्रममा अध्यक्ष अन्सारीले स्थानीय तहमै प्लस टु कक्षा संचालनमा आएपछि उच्च शिक्षा अध्ययनकालागि इनरुवा लगायतका क्षेत्रमा जानुपर्ने बाध्यता हटेको बताए । अन्सारीले प्लस टु संचालनमा आएसँगै गाउँपालिकामै उच्च शिक्षा अध्ययनको व्यवस्था मिलाउने आउने सपना साकार भएको बताए । अध्यक्ष अन्सारीले पठनपाठनलाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन गाउँपालिकाको तर्फबाट यथासक्य सहयोग उपलब्ध गराउने बताए । सो विद्यालयमा प्राविधिक धार सिभिल इन्जिनियरिङ्ग विषयको पठनपाठन भने यस अघिबाटै हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया