देशभरि नै नेपाली काँग्रेसको महाधिवेशनले माहोल तताएको छ। अझ नेपाली कांग्रेसको गढ मानिने सुनसरी जिल्लामा महाधिवेशनको छुट्टै रौनक देख्न पाईन्छ। यतिबेला चोक चोक देखि चिया पसल सम्म काँग्रेसको महाधिवेशन र उम्मेदवारी बाहेक अन्य कुरो सुन्न पाईन्न। सबैले आफुलाई योग्य सम्झिने पदकालागि दावि गर्दै भोट माग्न व्यस्त देखिन्छन्। यसै क्रममा डा. बालकृष्ण साह पनि नेपाली कांग्रेसको हुन गैरहेको १४ औ महाधिवेशन संग जोडिएको एउटा नाम हो। डा. साहले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिथि सुनसरी २ “ख” बाट प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिने घोषणा गरेका छन्।

सुनसरीको रामधुनी न. पा. ९ घर भएका डा. साह हाल बिराटनगर बस्दै आएका हुन। बिगत लामो समय देखि चिकित्सक पेशामा संग्ल्न डा. साह आफ्नो पेशामा समर्पित भएतापानि सामाजसेवामा अलि बढि रुची राख्ने बताउछन्। विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएका डा. साहको जन्म वि.स. २०३६ साल वैशाखमा भएको हो। बाल्यकाल देखि नै तिक्ष्ण बुद्दि भएका डा. साहले औपचारिक प्राथमिक तहको अध्ययन डुम्राहाकाे शनिश्चरे प्रा.वि., नि.मा.वि. तहको अध्ययन भगवती मा.वि. ईनरुवा र माध्यमिक तहको अध्ययन ईटहरीको गाेदावरी विद्या मन्दिरबाट सम्पन्न गरेका हुन। युवा अवस्था देखि नै जोस र जाँगरले भरि पुर्ण डा. साहले माध्यमिक तहको अध्ययन पश्चात चिकित्सक शास्त्रको अध्ययनमा रुची देखाए संगै एम.बि.बि.एस. को अध्ययन काठमाडौं मेडिकल कलेज तथा स्त्रि तथा प्रसुति रोग विशेषज्ञको अध्ययन राष्ट्रिय चिकित्सा शास्त्र अध्ययन संस्थान काठमाडौंबाट सम्पन्न गरेका हुन।

डा. साह पेशागत रुपमा हाल बिराटनगरको मोरंग सहकारी अस्पतालमा कार्यरत छन। इनरुवा अस्पताल समेतमा उनको काम गरेको अनुभव रहेको छ, डा. साह इनरुवा अस्पतालमा पहिलो पल्ट शल्यक्रियाबाट प्रसुति सेवाको थालनि गर्ने पहिलो चिकित्सकको रुपमा चिनिन्छन्। आफ्नो पेशा संगसंगै डा. साहले मातृ स्वास्थ्य सम्बन्धि विभिन्न पुस्तक समेत लेखेका छन्।

विज्ञ – केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत रहेका डा. साह पार्टीमा विज्ञहरुको समेत आवश्यकता पर्ने भएकोले आफु प्रदेश प्रतिनिधिको उम्मेदवारी दिने सोच बनाएको बताउछन्। अबका दिनमा दक्ष, याेग्य र पेशाकर्मीहरु नेतृत्वमा नआए पार्टी र देशकाे विकासलाई संस्थागत गर्न सकिँदैन भन्ने उनको धारणा रहेको छ। पेशा र समाजसेवा संगसगै लान सजिलाे हुने भएकाले नगर, जिल्ला कार्यसमिति भन्दा पनि प्रदेश राेजेकाे हाे । प्रदेश १ काे केन्द्र बिराटनगर र मेराे कार्य क्षेत्र पनि बिराटनगर नै भएकाले एउटा विज्ञका रुपमा पार्टीलाई सहयाेग गर्ने र राष्ट्रिय स्वास्थ्य सेवा सुधारमा सहयोग गर्ने प्रतिबद्धता सहित अग्रज नेता माननीय राजिव काेईरालाकाे निर्देशनमा सक्रिय रुपमा पार्टीमा लागेकाे डा. साहले बताए ।

तपाईको प्रतिक्रिया