- अमर काफ्ले

इनरुवा। आज एकै दिन इटहरीमा ५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयमा प्राप्त रिपोर्टका अनुसार आज जिल्लामा अहिले सम्म ६७ जना पोजेटिभ पाइएका छन् ।
कोरोना फोकल पर्सन सृजना लिङथेपका अनुसार इटहरीमा ५८ जना संक्रमित थपिदा धरानमा ७ जना सहित इनरुवा र भोक्राहाका १÷१ जनामा कोरोना देखिएको छ ।

इनरुवाका संक्रमित जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक रहेको बताइएको छ । आज थपिनेमा ७ महिला र ६० जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सँगै सुनसरीमा संक्रमितको संख्या ८ सय ३० पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीमा ७ जनाले ज्यान गुमाउँदा ३ सय ८५ जना निको भएका छन् । सुनसरीमा एक्टिभ केसको संख्या ४ सय ३० रहेको छ ।

तपाईको प्रतिक्रिया