सुनसरी निर्वाचन क्षेत्र नं.२ ख को सभापतिमा चिरञ्जीवी बस्नेतले आफ्नो दाबेदारी पेश गरेका छन । सिनेकर्मी बस्नेतले क्षेत्रीय सभापतिको पदमा बिजयी गराउन मतदाता समक्ष आग्रह समेत गरेका छन ।जिल्ला समन्वय समिति सुनसरीका सदस्य समेत रहेका बस्नेत प्रदेश १ चलचित्र निर्माता संघको अध्यक्ष समेत हुन । बस्नेतले आफ्नो परिवार सदैव नेपाली काँग्रेस प्रति समर्पित रहँदै आएकाले आफुले समेत काँग्रेस पार्टीको सिद्धान्तलाई अङ्गालेर अघि बढ्दै आएको बताए ।चिरञ्जीवीले नेपाली काँग्रेस सुनसरीको पूर्व जिल्ला सभापतिका साथै तत्कालिन जिविस सुनसरी सभापति समेत रहेका दाई रामबहादुर बस्नेतको प्रेरणालाई आत्मसाथ गर्दै पार्टी हीतमा उभिदै आएको बताए ।

उनले पारिवारिक विरासत कायम राख्दै क्षेत्रीय सभापतिमा आफ्नो उम्मेद्वारी पेश गरेको बताए । बस्नेतले आफ्नो उम्मेदवारी सबैको समान प्रतिनिधित्व र पार्टी संगठनको मजबुतीकरणको लागि भएको बताए ।बस्नेतले चुनावी प्रचारको क्रममा मतदाताको क्रेज देखेर आफु थप उत्साहित भएको बताए । उनले सभापतिमा तीन जनाको दाबी रहेपनि आफ्नो दाबेदारी मजबुत रहेको बताउँदै पल्ला भारी पाएको बताए ।बस्नेतले काँग्रेसको नेतृत्व पंक्ति र जिल्ला पदाधिकारी सहितको साथ आफ्नो पक्षमा रहेकाले समेत मतदाताको पहिलो रोजाइमा आफु पर्नेमा विश्वस्त रहेको बताए ।सोही अनुरुप बस्नेतले नेपाली काँग्रेसको आशन्न १४औं महाधिवेशनमा आफुलाई जिताउन सुनसरी २ ख का सम्पूर्ण मतदाता समक्ष आग्रह समेत गरेका छन ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ मा इनरुवा नगरपालिकाको वडा नम्बरहरु १,२,५,६,९ र १० पर्दछ । त्यसैगरी रामधुनी नगरपालिकाको १,२,८ र ९ नम्बर वडाका साथै देवानगञ्ज गाउँपालिकाको १,२,३,४,५,६,७ र हरिनगर गाउँपालिकाको ३ नम्बर वडा पर्दछ । १८ वटा वडा समावेश रहेको सुनसरी २ ख को कुल मतदाता संख्या ५ स ५६ रहेको छ ।नेपाल चलचित्र महासंघको पूर्व महासचिव समेत रहेका बस्नेत सिने क्षेत्रको प्रवद्र्धन र बिकासको क्षेत्रमा समेत अग्रसर छन ।

तपाईको प्रतिक्रिया