- अमर काफ्ले

इनरुवा । सुनसरी प्रहरीले सिमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ । ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।पराल लिन सिमापारी जानु पर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै गर्दा प्रहरीले शंका मानी खाली ट्याक्टरको चेकजाँच गरेको थियो ।

सो क्रममा ट्रली भित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीले गाँजा सहित ट्याक्टर सिमापारी कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोष कुमार मेहतालाई समेत नियन्त्रणमा लिएको छ । मेहता स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सुनसरी प्रहरीले बरामद गाँजा सहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रहरी प्रमुख सञ्जय सिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताउनु भयो । वहाँले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भैरहेको हुन सक्ने देखिएकाले अनुसन्धान त्यस तर्फ केन्द्रीत गरिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया