प्रधानमंत्री शेरबहादुर देउवाले १४ महाधिवेशन अन्तर्गत पदाधिकारी चयन भैरहेका स्थानमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन । देउवाले हारजित भन्दा पनि सके सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताए ।

सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नव निर्मित भवन उद्घाटन पश्चात सम्बोधनका क्रममा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन । उनले वडा, क्षेत्र, जिल्ला र प्रदेश सबै तहमा सर्वसम्मतको प्रयास सफल भए केन्द्रिय प्रतिनिधि छनौटमा समेत सकारात्मक प्रभाव पर्ने बताए । देउवाले आफु समेत सर्वसम्मतको पक्षमा रहेको बताउँदै काँग्रेसलाई एक ढिक्का बनाएर अघि लैजान्को विकल्प नभएको दोहोर्याए । देवानगञ्ज पुगेका देउवाले वीपीको शालिक अनावरण समेत गरेका थिए । प्रधानमन्त्री देउवा गाउँपालिकाको निम्तोमा भवन तथा शालिक अनावरणकालागि सुनसरीको देवानगञ्ज पुगेका हुन ।

तपाईको प्रतिक्रिया