प्रदेश नम्बर १ मा कांग्रेसले सबै भन्दा बढि प्रदेश सदसय पाएकाे जिल्ला सुनसरी हाे । बामपंथी एकताले एउटा तरंङ सबैतिर आएकाे थियाे र दुई तिहाई भन्दा बढि प्रदेश सदसय पाए पनि एकताकाे प्रभाव सुनसरीमा झिनाे देखिएकाे प्रदेश र संघिय चुनावले स्पष्ट गरेकाे सबैले देखेकै हाे । सुनसरी जिल्लाका उपसभापति जस्तो जिम्मेवार पाएकाे अग्रज नेताले पार्टीबाट उम्मेदवारी नपाए पछि तत्कालै तत्कालीन नेकपाबाट उम्मेदवारी दिएर पनि पराजित हुनु परेकाे थियाे । याे कसरी सम्भव भयाे भनेर सुनसरीमा कसैलाई साेध्नु भयाे भने एउटै उत्तर आउछ “राजिव दाइ” ।

दुई कार्यकाल लगातार सुनसरी जिल्ला पार्टी सभापति रहनु भएका सुनसरी क्षेत्र नम्बर दुई “ख” का सभासद तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता माननीय राजिव काेईरालालाई नचिनेका कमैले हाेला । विद्यार्थी, तरुण, युवा, बृद्ध सबैका आदरणिय र प्यारा हुन् राजिव काेईराला । १४औ अधिवेशनकाे सिलसिलामा म नि सुनसरीकाे ईटहरी देखि दक्षिण क्षेत्र भारतीय सिमाना देवानगञ्ज, कप्तानगञ्ज, साहेवगञ्जसम्म घुम्ने अवसर पाए । सक्रिय कार्यकर्ता, क्षेत्रिय प्रतिनिधि, वडा सभापति, नगर सभापति तथा विभिन्न तह र तप्काका नेताहरु, अग्रज कांग्रेसका याेद्धाहरुलाई भेट्ने, चिन्ने र भलाकुसारी गर्ने अवसर पाए । कतिपय स्थानमा माननीय राजिव काेईरालासंग नै बस्ने, घुम्ने अवसर पनि मिल्यो । वहाँसंग बस्दा, घुम्दा अहिलेकाे सबैभन्दा ठुलाे दलका नेता जस्तो कहिले महशुस भएन । आफ्नै अग्रज, अभिभावक जस्तो महशुस भईरहयाे । मेराे मात्रै अनुभव यस्तो हाेला भनेकाे सबैकाे अनुभव उस्तै पाए । त्यसैले १५ सालकाे आन्दोलनका अनुभव बटुलेका कांग्रेसका याेद्धाहरुले पनि राजिव काेईराला, माननीय ज्यु भनेर सम्बाेधन गरेकाे पाईन । उमेरले कान्छाेहरुले मात्रै हाेईन, अग्रजहरुले पनि वहाँलाई “राजिव दाइ” नै भनेकाे सुने र यहि सम्बाेधन वहाँलाई प्यारो रहेकाे देखे ।

कांग्रेसमा पनि विभिन्न गुट उपगुट छ । हुनत् कांग्रेस आफै पनि स्वतन्त्रताकाे वकालत गर्ने पार्टी हाे । अनि नेता मनपराउनु वा विचार मन पर्नु व्यक्तिगत स्वतन्त्रता पनि हाे । त्यसैले सबैले एउटै नेता र एउटै बिचार मन पराउनै पर्छ भन्ने हुनु हुदैन । फरक मत, फरक विचारलाई पनि उति नै माया गर्ने र उति नै अवसरका साथ अगाडि बढ्न माैका दिने, साथ र सहयाेग गर्ने कुसल नेतृत्व भएका राजिव दाईकाे अर्को विशेषता हाे “ईमान्दारिता” । पछिल्लो चरणमा राजनीतिक भनेकाे नै झुटकाे खेति गर्ने, सपनाको संसार देखाउने र भ्रष्टाचारमा डुब्ने बुझिएकाे छ । तर राजिव दाइलाई भेटेर कुरा गरे पछि यस्तो नि नेता हुन्छन् भन्ने भान हुन्छ । अलिकति पनि पदिय रवाफ नदिने, झुटाे आस्वासन नदिने, नियमसंगत मात्र काम गर्न प्रेरित गर्ने सरल र साचाे नेताका रुपमा स्थापित राजिव दाईकाे यिनै गुणका कारणले सबैभन्दा बढि (गठबन्धनका) प्रदेश सदस्य भए तापनि मुख्यमन्त्रीका अवसरबाट बन्चित गराए । तर पनि माैन र शान्त रहेका राजिव दाईमा पदकाे कुनै लाेभ नरहेको स्पष्ट छ ।

दुई कार्यकाल जिल्ला सभापति भईसकेका राजिव दाइ फेरि पनि आफ्नाे कुशलताका कारण नियम मिचेर अध्यक्ष बन्न खाेजे पनि सुनसरीमा बिराेध हुदैन थियाे हाेला । तर ईमानदार र लाेभ नभएका नेताले त्यसाे किन गर्थे? राजिव दाइ आफै सभापतिका लागि बाटाे खाेल्दै आफु महाधिवेशनमा जाने निर्णय गरेर कुशल नेतृत्वका उदाहरण देखाएका छन् । हुनत राजिव दाईलाई सुनसरीमा कुनै पदका लागि भाेट माग्नै पर्दैन । विपक्षीलाई पनि गुण लगाउन सक्ने, मानवीय कार्य र समाज सेवामा रमाउने ईमानदार नेता राजिव दाईलाई मत दिने अवसर फेरि फेरि पाईरहन चाहना म जस्तै हरेक क्षेत्रिय प्रतिनिधिलाई हुनुपर्छ । खसेकाे हरेक ब्यालेट पेपरमा उहाँकाे मतकाे कामना गर्दै सबैकाे प्याराे राजिव दाइलाई अग्रिम शुभकामना दिन चाहन्छु ।

जय नेपाल।
डा. बालकृष्ण साह
प्रदेश महाधिवेशन प्रतिनिधि सुनसरी २ ख

तपाईको प्रतिक्रिया