नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए । संयोजक यादवले भने, “६० जिल्लामध्ये मङ्गलबार साँझसम्ममा ४० जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत परिणाम बुधबार आउने जानकारी जिल्लाहरूबाट प्राप्त भएको छ ।” यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य सबै जिल्लामा मतदानमार्फत नेतृत्व चयन भइरहेको उहाँले बताए । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको ...
गाँजा तस्करीको सहज रुट बन्दै कोशी नदी
गाँजा तस्करी गर्नेहरुकालागि सप्तकोशी नदीको वहाव सहज रुटका रुपमा देखिएको छ । प्लाष्टिकका बोरामा पोको पारी लुकाएर नदीको वह...
पालिका प्रमुख ज्यु एसो गरे कसो होला ?…
देशभरका ७५३ स्थानीय तहले अहीले नया जनप्रतिनिधि पाउने संघारमा रहेको छ। जस मध्ये कतिपय स्थानिय तहले नव निर्वाचित जनप्रतिनि...
देश भरीकै ७५३ स्थानीयतहमा शान्तिपुर्ण मतदान हुँदै
स्थानीयतह निर्वाचन २०७९ का लागि ७५३ वटै स्थानीयतहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्र बिहान ७ बजे बाट छ...
चुनाव लड्न पासमानले दिए दलित सरोकार मञ्चबाट राजीनामा
कञ्चनपुर। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमान...
कंचनरुपमा कम्प्युटर हार्डवेयर तालिम
कञ्चनपुर। घरकै कामकाजमा सिमित महिला र वेरोजगार युवालाई सीप विकासको लागि असार मसान्तमा मात्रै होइन बाह्रै महिना तालिम पाउ...