- बिरेन्द्र शाह

इनरुवा। नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिले नया नेतृत्व पाएको छ। जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट सुनसरी सभापतिमा भण्डारी निर्वाचित भएका हुन्। हिजो आईतबार इनरुवाको जेल फिल्डमा सम्पन्न भएको निर्वाचनमा कुल २७७४ मत खसेको हो। जस मध्ये सभापतिमा केदार भण्डारीले १४२२ मत ल्याई निर्वाचित भएका हुन भने उनका प्रतिद्वन्द्वी संजय प्रसाद श्रेष्ठले कुल १३०९ मत प्राप्त गरेका हुन।

यसै गरि हिजो सम्पन्न निर्वाचनबाट नगेश चन्द्र राईले १३३५ मत र पंकज कुमार महतोले १३१३ मत प्राप्त गरि उपसभापति पदमा निर्वाचित भएका हुन भने उनिहरुका प्रतिद्वन्द्वी गफार अन्सारी मियाले १२९७ मत र महेश दत्तले ११६६ मत ल्याई पराजित भएका हुन। सचिव पदमा बिरेन्द्र कुमार शाहले कुल १४६७ मत तथा माधव बहादुर घिसिङले १२२९ मत प्राप्त गरि विजय भएका हुन। उनीहरूका प्रतिद्वन्द्वी रन्जेश भट्टराईले १२२८ र प्रमोद पोखरेलले १०९२ मत प्राप्त गरेका हुन। सहसचिव पदमा गणेश सुब्बाले १३०५ र मनिष कुमार रायले ११७७ मत प्राप्त गरि विजय भएका हुन। त्यसैगरि अपांग केन्द्रिय महाधिबेशन प्रतिनिधिमा उपेन्द्र प्रसाद मेहताले १३६४ र अपांग प्रदेश महाधिबेशन प्रतिनिधिमा देवेन्द्र पौडेलले ११६३ मत प्राप्त गरि विजय भएका हुन।

तस्विर: सामाजिक संजालको मदतबाट

तपाईको प्रतिक्रिया