trusted online casino malaysia
trusted online casino malaysia

इनरुवा। संसदीय दलका नेता राजीव कोइरालाले नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा प्रदेश एक सभापतिमा आफ्नो उम्मेद्बारी रहेको बताएका छन् । गत १० गते आफ्नो उमेद्वारी घोषणा गरेका नेता कोइरालाले प्रदेश एकमा नेपाली कांग्रेसको संगठन थप बलियो बनाउन आफुले उमेद्वारी दिएको बताउँदै मंगलवार सामाजिक सञ्जाल मार्फत उक्त उमेद्वारी रहेको पुन: दोहोर्याएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशन अन्तर्गत प्रदेश नबर १ को प्रदेश सभापति पदमा मेरो उम्मेद्बारी रहेको कुरा जानकारी गराउन चाहान्छु ।’ एक नम्बर प्रदेशको सशक्तीकरण र लोकतान्त्रिक पद्दतिको सुदृढीकरण नै आफ्नो परम उद्देश्य रहेको बताउँदै कोइरालाले लेखेका छन्, ‘प्रदेशको शसक्तीकरण र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण मेरो परम उद्देश्य हो ।’

प्रदेश एकमा कांग्रेसको सशक्तीकरण र मजबुती आफ्नो उद्देश्य रहेको बताउँदै उनले अगाडी लेखेका छन्, ‘एक नम्बर प्रदेशमा नेपाली कांग्रेसको संगठन बलियो बनाउन मेरो उम्मेद्बारी रहेको जानकारी गराउदै सम्पुर्ण आदरणीय मतदाता मतदानका लागि विनम्र अनुरोध गर्दछु ।’

तपाईको प्रतिक्रिया

trusted online casino malaysia