trusted online casino malaysia
trusted online casino malaysia
- अमर काफ्ले

इनरुवा । पत्रकार पिबी दियाली माथि रकम बार्गेनिङको आरोप लगाइएको छ । दियाली उपर सुनसरीको दुहवीको कुटपिटको घटना मिलापत्रको विषयमा रकम मोलमोलाईको आरोप लगाइएको हो । आफुलाई पीडित पक्ष बताउने दुहवीको टिकाराम कार्कीको परिवारले पत्रकार दियाली माथि रकम बार्गेनिङको गम्भिर आरोप लगाएको हो । कार्की परिवारले पत्रकार सम्मेलनको आयोजना गरी घटना सामसुम पारिदिने भन्दै दियालीले ५लाख रकम माग गरेको बताएको छ । सो परिवारले दियालीकै कारण सामान्य घटनालाई जातिय रुप दिन खोजिएको बताएको छ । कार्की परिवारले दियालीले इटहरीमा भेट्न बोलाएर आफुहरुसँग रकम बार्गेनिङ गरेको बताएको छ ।

टिकारामकी बुहारी शारदा कार्कीले पत्रकार सम्मेलन मार्फत घटना मिलाउन दियालीले आफुहरुसँग रकमको मोलमोलाई गरेको आरोप लगाएकी हुन । उनले आफु सहित परिवारका अन्य सदस्य दियालीलाई भेट्न पुगेको समयमा घटनालाई मिलाउनु पर्छ भन्दै उनले रकमको मोलमोलाई गरेको बताइन । शारदाले आफुहरुसँग सुरुमा ५ लाख र त्यसपछि ४ लाख मात्रै भएनी हुने भनी माग गरेको बताइन । उता रमकको बार्गेनिङ गरेको आरोप लगाइएका पत्रकार तथा दलित अधिकारकर्मी पिबी दियालीले आफुमाथि लगाइएको सबै आरोप कपोकल्पित र झुटो भएको बताएका छन । दियालीले आरोप लगाउने कोही कसैलाई आफुले नचिन्ने र नभेटेको भन्दै रकम बार्गेनिङको विषय पूर्णतया निराधार भएको बताए । उनले आफुसँग भेटेको र रकम बार्गेनिङ गरेको भनेर आरोप लगाउने व्यक्तिलाई खुलेर सामुन्नेमा आएर कुरो गर्न चुनौति दिएका छन ।

दियालीले आफुले घटना सम्वन्धमा दलित अधिकारको कुरोमा जोड दिंदै पीडित पक्षलाई न्याय दिलाउन पहल गरेको बताए । उनले किटानी जाहेरी दिइएका व्यक्तिलाई प्रहरीले पक्राउ नगरेकाले दलित समूदाय अधिकारको आन्दोलनमा होमिने तयारीमा रहेको बताए । उनले घटनामा संलग्न भनिएका व्यक्तिहरुलाई पक्राउ गरी छानविन गरिए सबै वास्तविकता बाहिर आउन मद्यत पुग्ने बताए ।कुटपिटको विषयमा परियार पक्षले अघिल्लो दिन पत्रकार सम्मेलन गरेको थियो । सो क्रममा परियार परिवार सहित दलित अधिकारकर्मीको समूहले कुटपिटमा संलग्नलाई कार्वाहीको माग गरेको थियो । यता इलाका प्रहरी कार्यालय दुहवीले जातीय गालीगलौज तथा कुटपिटमा संलग्न भनी किटानी जाहेरी दिइएका व्यक्तिहरु रोशन कार्की, रवि कार्की र सन्तोष कर्णलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जनाएको छ । उसले घटना सम्वन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia