trusted online casino malaysia
trusted online casino malaysia

इटहरी। सुनसरीमा मात्र नभएर देशैभर चर्चित नाम हो राजिव कोईराला । नेपाली कांग्रेस प्रदेश नं. १ को संसदीय दलको नेता तथा नेपाली कांग्रेस सुनसरीको निवर्तमान सभापतिका रुपमा मात्र उनलाई चिन्दा उनी प्रति अन्याय हुन्छ । दुई कार्यकाल सुनसरी कांग्रेसको सफल नेतृत्व गरेका सादगी नेता कोईराला पार्टीभित्र ईमान र निष्ठाका खानीको रुपमा परिचित छन् । २०७४ सालमा नयाँ संविधान निर्माण पश्चात भएका सबै निर्वाचनमा लज्जास्पदहार व्यहोरेको कांग्रेसलाई उनै राजिव कोईरालाको सुझबुझपुर्ण नेतृत्वले सुनसरीमा भने पहिलो शक्तिको रुपमा स्थापित गर्यो । संगठनका हिसाबले सुनसरी काँग्रेस देशभरकै अब्बल र उत्कृष्ट प्रमाणित यसको मुख्य श्रेय तत्कालिन जिल्ला सभापतिका हैसियतले कोईरालालाई नै जान्छ ।

सालिन,सादगी र वैचारिक नेताका रुपमा देशभर परिचित कोईरालाले सुनसरीमा आफ्नो कार्यकाल भरी गुटभन्दा माथि उठेर सुझबुझ पुर्ण तबरले पार्टीलाई जुझारु नेतृत्व दिए । भुगोल र जनताका समस्या पहिचान गरी त्यसको समाधानका लागि अग्रसरता लिने, पार्टीमा सबै नेता कार्यकर्तालाई समान व्यवहार गर्दै सबैसँग समन्वय गर्दै अघि बढ्ने कोईरालाको अद्वभुत नेतृत्व शैलीकै कारण सुनसरीमा काँग्रेस पहिलो बनेको चर्चा परिचर्चा नभएको होईन । प्रदेश नं. १ कै चर्चित र प्रभावशाली नेताको रुपमा स्थापित कोईरालाले नेपाली कांग्रेसको जारी १४ औं अधिवेशनमा प्रदेश नं. १ को सभापतिमा उम्मेद्वार हुने घोषणा गरेका छन् । संघियताको शसक्तिकरण र लोकतान्त्रिक पद्धतिको सुदृढिकरणका लागि आफ्नो उम्मेदवारी रहेको कोईरालाको भनाई छ । प्रदेश नं. १ मा नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन सभापतिपदमा आफ्नो दावी स्वभाविक भएको जिकिर कोईरालाको छ ।

पार्टीभित्र गुट,उपगुट मौलाउदै जाँदापनि तेरो मेरो नभनी पार्टी र भातृ तथा शुभेक्छुक संस्थाहरु सँग प्रभावकारी समन्वय तथा निरन्तर संवाद गरी सबै पक्षलाई चित्त बुझाउदै नेतृत्व गर्ने कोईरालाको शैलीले नै सुनसरीमा कांग्रेस बलियो बनेको हो । हालसम्म लाभको पदमा कहिल्यै नपुगेका कोईराला जिल्ला सभापति बहाल रहँदा गत निर्वाचनमा सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको आकांक्षी भएपनि पार्टी हितलाई सर्वोपरी ठान्दै सबैलाई मान्य हुने गरी आफुले ठुलो त्याग र समर्पण गर्दै आफु प्रदेशसभा सदस्यको उम्मेद्वार बनेर जिल्लाभर सबै तहको चुनावी नेतृत्व गरेका थिए ।

आफ्नो सारा जिवन राजनीतिमा सर्मपित गरेका कोईराला प्रदेश नं. १ को समस्या र जनताका आवश्यकता प्रति पनि उत्तिकै जानकार नेता हुन । मधेशमा समेत बलियो पकड र प्रभाव भएका कोईराला पार्टीको हितका लागि पार्टी सिद्धान्त र कार्यक्रम प्रतिचट्टानी अडान राख्ने गर्छन । पार्टीको तल्लो तहबाट संघर्ष गर्दै नेतृत्वमा उदाएका कोईरालाले प्रदेश नं. १ को सभापतिमा उम्मेद्वारी घोषणा गरेसँगै काँग्रेसका ईमान्दार र निष्ठावान नेताकार्यकर्तामा उत्साह छाएको छ । कोईरालाको उम्मेद्वारीले पार्टीका शुभचिन्तकतथा शुभेक्छुकहरुमा नयाँउर्जा तथा उत्साहको संचार गराएको छ ।

पार्टी भित्र रहेका परम्परागत गुटको पछि नलागी पार्टी संगठन बलियो बनाउन कोईरालाले खेलेको भुमिका आमकाँग्रेस कार्यकर्ताले समेत महसुस गरेकाले नै प्रदेश नं. १ मा सभापतिको हेभिवेट उम्मेद्वार उनी नै रहेको ठम्याई काँग्रेस वृतमा छ । पार्टीका सामु खडा हुने कठिन परिस्थिति र चुनौतीका चाँङलाई समेत सहज र सौहार्दपुर्ण तबरले सामना गर्दै संगठन हाक्न सक्ने क्षमता नै कोईराला प्रदेशको सभापति निर्वाचित हुन सक्ने बलियो आधार हो । कोईराको पार्टी प्रतिको सैद्धान्तिक निष्ठा, व्यवहारिक भुमिका र अहोरात्र संगठनमा भिज्न सक्ने जुझारु नेतृत्व कौशलनै प्रदेश नं. १ को सभापति निर्वाचित हुनै पर्ने खास कारण हो ।

लाभको पदमाभन्दा पार्टी भित्र संगठन गर्न नै पहिलो प्राथमिकतादिने कोईरालाको चरित्रकै कारण पार्टीको केन्द्रीय समितिमा प्रभावशाली उपस्थिति जनाउने सुवर्ण अवसर सुनिश्चित हुँदाहुँदै प्रदेश नं. १ मा नेपाली काँग्रेसलाई पहिलो शक्तिका रुपमा उभ्याउने संकल्पका साथ कोईराला सभापतिको उम्मेद्वारका रुपमा होमिएका छन् । प्रदेश नं. १ मा पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित भएको हेर्न चाहने नेता तथा कार्यकर्ताहरुको चाहानालाई व्यवहारिक रुपमै पुरा गर्न पनि प्रदेश नं. १ को नेतृत्वमा कोईरालाको अपरिहार्यता पुष्टि हुन जान्छ । पार्टीका सिद्धान्त र नीतिप्रतिको निष्ठा, पार्टी र जनता प्रतिको ईमानकै कारण प्रदेश नं. १ मा सर्वमान्य नेताको पहिचान बनाउदै गरेका कोईरालालाई संघियताको प्रभावकारी कार्यान्वयन गर्दै प्राप्त उपलब्धि संस्थागत गर्न पनिप्रदेश नं. १ को सभापति बनाईनु जरुरी छ । पार्टीभित्र एकता र मेलमिलापका सुत्रधार कोईरालाको काँग्रेसमा स्वार्थ रहित क्रियाशिलता तथा सुझबुझपुर्ण एवं जुझारु नेतृत्वकै जगमा प्रदेश नं. १ मा कांग्रेसको संगठन शसक्त भई पहिलो दलका रुपमा स्थापित हुनसक्ने संभावनालाई नजर अन्दाज नगरी गुट उपगुट भन्दामाथि उठेर सभापतिपदमा निर्वाचित गराएको खण्डमा कोईरालाको भन्दा पार्टीको हितहुने निश्चित प्राय छ । यतिका परिवर्तनको नेतृत्व गरी मुलुकमा प्रजातन्त्र र जनताका राजनितिक तथा मौलिक अधिकारको सुनिश्चितता गरेको काँग्रेसको पुरानो साख फर्काउन पनि प्रदेश नं. १ को सभापतिमा राजिव कोईराला जिताउनुपर्ने आवश्यकता बढेको छ । पार्टीलाई समय सापेक्ष जनताको भावना बमोजिम रुपान्तरण गर्दै नयाँ उचाईमा पु¥याउन नेपाली काँग्रेसको प्रदेश नं. १ को नेतृत्वमा राजिव कोईरालाको विकल्प छैन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia