trusted online casino malaysia
trusted online casino malaysia

इनरुवा। नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइरालाले पार्टी अहिले पूर्ण रुपमा दुई चिरामा बिभाजित भइसकेको बताउनुभएको छ । मोरङको बिराटनगरमा शुक्रबार पार्टीको प्रदेश अधिवेसन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो । उहाँले पार्टीको १४ औं महाधिवेसन अन्तर्गत भएको बिभिन्न तहको अधिवेसन सम्पन्न हुदा पार्टी दुई चिरामा बिभाजित भइसकेको बताउनुभयो ।

पार्टीको वडा, पालिका, प्रदेश, क्षेत्र जिल्ला अधिवेसन सम्म आउदा पार्टीमा गुटका कारण काङग्रेस दुई चिरामा बिभाजित भइसकेको नेता कोइरालाले दाबी गर्नुभयो । नेता कोइरालाले पार्टीका शिर्ष नेतृत्वहरुले पार्टीलाई एक ढिक्क बनाएर अगाडि बढाउनु भन्दा गुटगत राजनीतिमा लागेका कारणले त्यस तर्फ सचेत रहनका लागि आग्रह गर्नुभयो । नेता कोइरालाले पार्टीका शिर्ष नेतृत्वहरुले पार्टीलाई एक ढिक्क बनाउनुका सट्टा पार्टीलाई बिभाजित गरेर आगोमा घ्यु थप्ने कार्य भएको बताउनुभयो । पार्टीका नेताहरुले सहमति, सहकार्य र एकताको भुठ्ठा नारा नलगाउनका लागि आग्रह गर्दै त्यसलाई व्यवहारमा कार्यान्वन गर्नका लागि नेता कोइरालाले आग्रह गर्नुभयो । नेता कोइरालले पार्टीलाई एक ढिक्क बनाएर अगाडि बढाउनका लागि आग्रह गर्दै एक ढिक्क बनाएर अगाडि बढने क्षमता नभए ठाउँ छोडनका लागि समेत शिर्ष नेताहरुलाई आग्रह गर्नुभयो । नेता कोइरालाले पार्टी भित्र युवा, महिला, मधेसी, थारु, अपाङग लगायतका समुहलाई अपमान नगर्नका लागि आग्रह समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia