- अमर काफ्ले

इनरुवा । नेकपाएकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपीशर्मा ओलीको एमाले समाप्त पारेको बताएका छन । नेता नेपालले ओलीवादले एमाले समाप्त भैसकेकाले पार्टी भित्र रहेका नेताकार्यकताको कन्तबिजोग हुने दिनछिट्टै आउने दाबी गरे । उनले भने, एमाले भित्र रहेका नेताकार्यकर्ता दिकदारीमाछन । एमाले छोड्न नसक्नेको कन्तबिजोग हुनेछ ।

इटहरीमा आयोजित पार्टीको १ नम्बर प्रदेश स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा नेपालले केपी ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जलीदिई सकेको समेत बताए । नेता नेपालले एमालेको हविगतका कारण पार्टीको झण्डाबोक्ने कार्यकर्ता समेत नहुने बताए । उनले चितवनमा गैंडालाई थमाइएको पार्टीको झण्डाछिट्टै बाँदरको हातमापुग्ने ठोकुवा समेत गरे । नेपालले ओलीको एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गएको दाबीसमेत गरे । उनले गठबन्धनको सरकारमा सहभागि दलका सामून्ने ओलीको केही नलाग्ने ठोकुवा समेत गरे। उनले आउँदा दिनमा एमाले भित्र राप्रपा र लोकतान्त्रिक समाजवादी गाभिए नौलो कुरो नहुने बताए ।

तपाईको प्रतिक्रिया