इनरुवा। नेपाली काङग्रेस एक नम्वर प्रदेशका संसदीय दलका नेता राजिव कोइरालले केन्द्रिय सदस्यमा लडने घोषणा गर्नुभएको छ । उहाँले पार्टीको १४ औं महाधिवेसनमा आफू केन्द्रिय सदस्यमा उमेदवारी दिने घोषणा गर्नुभएको हो । पौडेल र कोइराला समुहबाट एक नम्वर प्रदेशको सभापतिका अंकाक्षी समेत रहनुभएका नेता कोइरालालाई केन्द्रिय सदस्यमा लैजाने सहमति पछि उहाँले सभापतिबाट पछाडि सरेका थिए ।

पार्टीको महाधिवेसनमा प्रदेशको तर्फबाट केन्द्रिय सदस्यमा उमेदवारी दिने उहाँले बताउनुभयो । दुई कार्यकाल सफलता पूर्वक जिल्ला सभापतिको पद निर्वाह गरेका नेता कोइराला सरल स्वभाव र कुशल नेतृत्वकर्ताको रुपमा परिचित हुनुहुन्छ । कोइराला सुनसरी जिल्लाको सभापति भएका बेला पार्टीलाई एक ढिक्का बनाउनुका साथै जिल्लामा पार्टी भित्र रहेका गुटउपगुटलाई अन्त गर्नका लागि सफल भएका थिए ।

उहाँ सभापति हुदा ७७ वटै जिल्लामा गत निर्वाचनमा काङग्रेस हारको समाना गरिरहेका बेलामा सुनसरीमा काङग्रेसको शाख जोगाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । उहाँ सभापति भएका बेलामा सुनसरीमा ३ वटा संघीय सांसद, ३ वटा प्रदेश संसद र ९ वटा स्थानीयतहमा जित हासिल गरेको थियो । ७७ वटा जिल्लामा काङग्रेसले प्रत्यक्ष तर्फ २३ वटा मात्र सिट जितेका बेलामा कोइरालाको नेतृत्वमा रहेको टिमले सुनसरीबाट मात्र ३ वटा प्रत्यक्ष संसाद निर्वाचित गराएर केन्द्रिय नेतृत्वमा प्रतिनीध गर्नका लागि पठाएका थिए । धैरै नबोल्ने, सबैसंग मिल्ने, कसैलाई भेदभाव नगर्ने, आफूबाट हुनै सबैको काम गर्ने, पार्टीको संगठन बलियो बनाउन र पार्टीलाई सुदृढिकरण गर्नका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने नेताको रुपमा नेता कोइरालाले आम जनमानसमा आफ्नो छाँप छोडनका लागि सफल हुनु भएको छ ।

तपाईको प्रतिक्रिया