इनरुवा । सुनसरी जिल्ला कार्यक्षेत्र भएका पशु प्राविधिकहरुको जिल्ला अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । इनरुवमा आइतवार भएको नेपाल पाराभेटेरीनरी तथा लाइभस्टोक एसोशिएसन सुनसरी जिल्ला कार्यसमितीको दशौ जिल्ला अधिवेशनले गणेशप्रसाद मेहतालाई अध्यक्षमा चयन गरेको हो ।

कार्यसमितीको उपाध्यक्षमा रविन्द्र कोइराला, सचिवमा विजयकुमार चौधरी, सह–सचिवमा अशोक कार्की, कोषाध्यक्षमा फुलकुमारी चौधरी चयन भएका छन । कार्यसमिती सदस्यहरुमा रमानन्द यादव, कुमार बस्नेत, गुलावचन्द चौधरी, श्यामप्रसाद यादव, भुवन कोइराला, सुमन सिटौला, चन्द्र थपलिया, धमेन्द्रप्रसाद गुप्ता रहेका छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेभ्लाका केन्द्रिय अध्यक्ष रामप्रसाद मेहता, नेपाल निजामती कर्मचारी संगठन सुनसरी अध्यक्ष चिनेश्वर मेहता, भोक्राहा नरसिह गाउपालिकाका प्रशासकिय अधिकृत रामचरित्र मेहता, पशुपन्छी औषधी व्यवसायी विष्णुकुमार निरौला लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया