trusted online casino malaysia
trusted online casino malaysia

ग्लोबल आई एम ई बैंक इनरुवा शाखाले वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तवरले कारोबार कसरी गर्न सकिन्छ भन्ने उदेश्यका साथ उक्त कार्यक्रम इनरुवा शाखाले सोमबार फुलबारी होटलमा सम्पन्न गरेको हो। मोबाईल तथा ईन्टरनेट प्रविधिको माध्यमबाट गरिने बैंकिंग कारोबार सम्बन्धि उक्त जनचेतना मुलक कार्यक्रममा १२५ जना भन्दा बढी स्थानियहरुको उपस्थिति रहेको थियो।

डिजिटल बैंकिंग माध्यमबाट रकम ट्रान्सफर, बिल पेमेन्ट लगायत मोबाईल बैकिंगबाट कारोवार गर्दा ध्यान दिनुपर्ने नियम सम्बन्धि जनचेतना फैलाउने उदेश्यले वित्तिय साक्षरता तथा डिजिटल बैंकिंग कार्यक्रम संचालन गरेको ग्लोबल आई एम ई बैंक इनरुवा शाखाका प्रमुख विनोद कुमार यादवले बताए। सातै प्रदेशको २८६ शाखाहरुमा उक्त वित्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालनमा आएको शाखा प्रमुख यादवले जानकारी दिए। केन्द्रिय कार्यालय डिजिटल बैकिंग शाखाका बेनजर्न ढुंगानाले कार्यक्रम सहजिकरणको भुमिकामा देखिएका थिए भने आई एम ई बैंक विराटनगर शाखा प्रमुख डुण्डिराज भट्टराईले डिजिटल प्रविधिको माध्यमबाट हुने बैंकिंग फ्रडको बारेमा प्रष्ट पारेका थिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia