झापा / झापामा बसको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ, भने एक जना घाइते भएका छन् । कमल गाउँपालिका-५ स्थित पुर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हाे । बसको ठक्करबाट मोटरसाइकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१० का २२ वर्षीय अभिषेक यादव रहेकाे मृत्यु भएकाे छ ।

सोही स्थानका २५ वर्षीय राम कुमार खड्काको लाइफ लाइन अस्पताल दमकमा उपचार इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएकाे छ । बुधबार बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को.१ क नम्वरको बसले बिपरित दिशाबाट आउदै गरको प्र.१-०२-०४८ प ३०८९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका-२ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन भइरहेको प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया