trusted online casino malaysia
trusted online casino malaysia

इनरुवा ९ बबियामा सफल रेष्टुरेण्ड एण्ड बैंक्वेट संचालनमा आएको छ । आजबाट संचालनमा आएको बैंक्वेटको नगर प्रमुख राजन मेहताले उद्घाटन गरेका छन ।

सांसद सीताराम मेहता सहितको उपस्थितिमा उद्घाटन गरिएको रेष्टुरेण्टले औपचारिक उद्घाटनसँगै सेवा थालेको छ ।
ग्राहकका लागि शुलभ मूल्यमा सेवा दिने उद्देश्य बोकेको रेष्टुरेण्ट सफल ब्राण्डले संचालनमा ल्याएको हो ।


डा.बिशाल श्रेष्ठको परिकल्पनामा बबियामा संचालनमा ल्याइएको सफल रेष्टुरेण्ड एण्ड बैंक्वेटको संचालक भने अञ्जन श्रेष्ठ रहेका छन ।
५० लाख लागतमा संचालनमा ल्याइएको रेष्टुरेण्ट शान्त र परिवारमैत्री रहेको संचालक श्रेष्ठले बताए ।


उनका अनुसार सफल रेष्टुरेण्ट एण्ड बैंक्वेट विवाह, ब्रतबन्ध र बर्थडे लगायतका पार्टी आयोजनाका लागि समेत उपयुक्त छ ।
श्रेष्ठले रेष्टुरेण्टमा पर्याप्त पार्किङका साथै रुफ टप गार्डेन समेतको व्यवस्था रहेको बताए ।
परिकल्पनाकार डा.श्रेष्ठले रेष्टुरेण्टलाई मौलिकता झल्कने गरी तयार पारिएको बताए । उनका अनुसार सफल रेष्टुरेण्ड एण्ड बैंक्वेट ग्रामिणी परिवेशसँगै शहरी शैलीको संयुक्त समिश्रण हो ।
काठमाण्डौंमा सफल हेल्थ होमको सेवा दिदै आएका डा.श्रेष्ठले आफु जन्मे र हुर्केको स्थानमा केहि गरौं भन्ने उद्देश्यसाथ रेष्टुरेण्ट संचालनको योजना बुनेको बताए ।
बबियामा खुलेको सफल रेष्टुरेण्टले मटका चिया, थकाली खाना, कुकर कफी र बिरयानी सहितका अन्य खानपिनका परिकार पस्कने जनाएको छ । साथै उसले प्रत्येक शुक्रबार सांगीतिक साँझ समेतको आयोजना गरिने जनाएको छ ।
रेष्टुरेण्टले स्थानीय समूदायलाई प्राथमिकतामा राखी खानाका परिकारहरुको व्यवस्था मिलाइने जनाएको छ । उक्त रेष्टुरेण्टले उद्घाटनसँगै यतिबेला क्रिसमस विशेष साँझ समेतको आयोजना गरी रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia