इनरुवा/सुनसरीको लौकहीबाट अटोमेटिक पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । प्रहरीले उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षिय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, सोमा लाग्ने ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ ।बरामद हतियार सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । प्रहरीले द्यच्छण्प् ण्ज्ञद्धढ नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकल समेत बरामद गरिएको जनाएको छ ।सुनसरीका प्रहरी प्रमुख सञ्जय सिंह थापाले हतियार कारोबारको विषयमा थप अनुसन्धान अघि बढाइएको बताए । थापाले हतियार सहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कार्वाहीको प्रकृया अघि बढाइएको बताए ।

तपाईको प्रतिक्रिया