trusted online casino malaysia
trusted online casino malaysia

इनरुवा ९ बबियामा संचालनमा रहेको सफल रेष्टुरेण्ट एण्ड बैंक्वेटले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा सांगीतिक साँझको आयोजना गर्ने भएको छ ।रेष्टुरेण्टले न्यू इयरको अवसरमा 1st January (पुष १७ गते) लाइभ म्यूजिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।रेष्टुरेण्ट संचालक अञ्जन श्रेष्ठका अनुसार लाइभ म्यूजिक कार्यक्रम उक्त दिनको साँझ ५ बजेबाट सुरु हुनेछ । श्रेष्ठका अनुसार लाइभ म्यूजिकमा NIKITA AND THE COSMIC BAND को प्रस्तुति रहने छ ।

श्रेष्ठले रेष्टुरेण्ट परिषरमा आयोजना गरिने न्यू इयर साँझमा सांगीतिक कार्यक्रम सँगै विभिन्न खानपिनका परिकार पस्कने बताए । उनले सफल रेष्ण्टुरेण्ट एण्ड बैंक्वेट परिवारमैत्रीका साथै सबै वर्गकोलागि उपयुक्त गन्तब्य बन्दै गएको बताए ।


शान्त र मौलिक शैलीको रेष्टुरेण्ट भएकाले समेत ग्राहकको आकर्षण बढ्दै गएको बताएका श्रेष्ठले क्रमशः खानाका परिकार र स्वाद सँगै नयाँपन थप्दै लैजाने बताए ।
एक साता अघि औपचारिक उद्घाटन भई संचालनमा आएको रेष्टुरेण्ट छोटो समयमै पारखीहरुको रोजाईमा पर्न सफल देखिएको छ । रेष्टुरेण्टले विवाह, ब्रतबन्ध, वर्थडे लगायत विभिन्न पार्टीको सेवा दिंदै आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia