- अमर काफ्ले

इनरुवा। इटहरी आएर माधवकुमार नेपालले केपीओली सम्झेकाछन । उनले सो क्रममा केपीबाआइ लभ यू भनेकाछन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्रविद्यार्थी यूनियनप्रदेश १ को प्रथम अधिवेशन उद्घाटनको क्रममा नेकपाएकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति व्यङ्ग्य गर्दै त्यसो भनेका हुन ।

सो क्रममा नेपालले ओलीले आफुले आफुलाई देवत्वकरण गरेको बताए । नेपालले ओलीलाई अटेरी, दम्भीर निरंकुश चरित्रको मान्छे भएको बताए। नेपालले पार्टी भित्र आफुले आफुलाई बाहेक अरुलाई कौन पुछे खेसडी के दाल सरह ठान्ने गरेको बताए । कार्यक्रमलाई सम्बोधनको क्रममा नेपालले ओलीसँगै एमाले पार्टी पतनको बाटो उन्मूखभएको बताए । उनले आफ्नो पार्टीमा एमाले भित्र रहेका छिटपुट नेताकार्यकर्ता प्रवेशको लर्को रहेको बताए । कार्यक्रममा नेपालले एमालेका पूर्व केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रहेका धर्मराज निरौलालाई पार्टीमा स्वागत गरेकाथिए।

तपाईको प्रतिक्रिया