बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको छ। न्युज एजेन्सी एएनआईले नार्कोटिक्स कन्ट्रोल ब्युरोको डिपुटी डायरेक्टर केपीएस मल्होत्रालाई उद्धृत गर्दै रियाको गिरफ्तारी पुष्टि गरेको छ ।

अभिनेता सुशान्त सिंह राजपुतको ‘आत्महत्या’ प्रकरणमा लागु पदार्थ जोडिएपछि एनसीबी केही दिनदेखि रियासँग बयान लिइरहेको थियो । उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै पक्राउ गरिसकेको थियो । सेप्टेम्बर ६ मा शौविक चक्रवर्तीसँगै सुशान्त सिंह राजपुतका म्यानेजर स्यामुएल मिरान्डालाई पनि एनसीबीले पक्राउ गरेको थियो । – बीबीसी

तपाईको प्रतिक्रिया