- अमर काफ्ले

नेकपा एमाले सुनसरीको अध्यक्षमा तीनको उम्मेदारी परेको छ ।इनरुवामा जारी सातौं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पदाधिकारी छनौट चुनावी प्रकृया मार्फत हुन लागेको हो ।जसअनुसार अध्यक्ष पदमा खेमराज पोखरेल सहित रेवतीरमण भण्डारी र द्वारिकलाल चौधरीको उम्मेद्वारी परेको छ ।निर्वाचन कमिटीले दिएको जानकारी अनुसार उपाध्यक्ष तर्फ लिलम बस्नेत, निलम खनाल र नन्द बस्नेतले उम्मेद्वारी दर्ता गराएका छन । सचिव पदमा पर्शुराम यादव र शत्रुघन यादवको उम्मेद्वारी परेको छ ।

उपसचिवमा भने राम कोइराला, अञ्जनी पोखरेल, पदम लिम्बु, लहरुमाया जिमी, अर्जुन गहतराज, योग्यराज खड्का र लोकेश निरौलाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत गोबिन्द मिश्रले जानकारी दिनुभयो ।मनोनयन दर्ता अवधि भित्र १ सय ३५ पदाधिकारीकालागि ३ सय ६० जनाले उम्मेद्वारी दर्ता गराएको मिश्रले बताउनु भयो ।जिल्ला निर्वाचन कमिटीका अनुसार उम्मेद्वारको नाम फिर्ताको लागि २७ गते विहान १० देखि दिउँसो १२ः३० सम्मको अवधि तोकिएको छ ।मतदान भने २८ गते विहान ८ देखि अपरान्ह ४ बजे सम्मलाई तोकिएको छ । मतदान जिल्ला अधिवेशन स्थल इनरुवा खेल मैदानमै हुने बताइएको छ ।एमाले सुनसरीको सातौ जिल्ला अधिवेशनले ५ पदाधिकारी सहित १ सय ३५ जना सदस्य चयन गर्ने छ ।निर्वाचन अधिकृत खगेन्द्र पोखरेका अनुसार चुनावी प्रकृयाबाट अध्यक्ष, उपाध्यक्ष र सचिव तर्फ एक–एक जना पदाधिकारी निर्वाचित हुने छन । उपसचिव तर्फ भने २ जना चुनिने छन । त्यसैगरी सदस्य तर्फ भौगोलिक र समावेशी समूह समेत गरी १ सय ३० जना निर्वाचित हुने छन ।

तपाईको प्रतिक्रिया