- अमर काफ्ले

इनरुवा ३ महेन्द्र चोकबाट प्रहरीले दुई दिनको अवधिमा पेस्तोल सहित चार जनालाई पक्राउ परेको छ ।प्रहरीले हिजो बेलुका र आज बिहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरेको हो ।प्रहरी प्रमुख सञ्जय सिंह थापाले महेन्द्र चोकबाट प्रहरीले हिजो बेलुका र आज विहान गरी दुई थान पेस्तोल सहित चार जनालाई पक्राउ गरिएको बताए ।हिजो बेलुका पक्राउ पर्नेमा हरिनगर ७ का २० वर्षिय सबिर मिया रहेको प्रहरीले जनाएको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी आज विहान समेत सोही स्थानबाट थप तीनजनालाई पेस्तोल सहित नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।प्रहरीले आज विहान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली र एक थान म्यागजिन सहित हरिनगरकै सवरेज मिया, सोही स्थानका सिकन्दर मलाहा र फरियाद अन्सारीलाई पक्राउ गरिएको जनाएको छ ।प्रहरीले पक्राउ परेकाहरुले प्रयोगमा ल्याएको तीन थान मोटरसाइकल समेत बरामद गरिएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ परेकाहरु उपर कानुनी कार्वाहीको प्रकृया अघि बढाइएको जनाएको छ ।

पक्राउ परेका उपरको अनुसन्धान अघि बढाइएको बताएको सुनसरी प्रहरीले भारतबाट नेपाल हतियार ल्याएर विक्रि गर्ने गरेको सुराकीका आधारमा चेकजाँच तथा निगरानी बढाइएको जनाएको छ ।प्रहरी प्रमुख सञ्जय सिंह थापाले पछिल्लो समय हतियारको कारोवार बढेको भन्ने सूचनाका आधारमा बढाइएको निगरानीका क्रममा उनीहरु पक्राउ परेको बताए । थापाले लागुऔषध प्रयोगकर्ता तथा कारोवारीले भारतबाट हतियार नेपाल तर्फ बिक्रिका ल्याउने गरेको पाइएको बताए । जसमा अधिकांश युवाको संलग्न पाइएको उनले बताए । उनका अनुसार प्रहरीले पछिल्लो एक महिनाको अवधिमा ५ वटा पेस्तोल सहित संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया