- दिलिप कुमार साह

राजविराज। सप्तरीको महादेवा गाउँपालिका–१ पकरी स्थित खाडो नदी नियन्त्रणको नाममा आएको २ लाख रकम ब्यक्तिगत पोखरी निर्माणमा लगाएको छ । स्थानिय नेकपाका स्थानिय नेता जय नारायण यादवले संचारकर्मीहरुसँग कुराकानी गर्दै महादेवा गाउँपालिकाको आ.व. २०७४÷०७५ मा वडा नं. १ पकरीमा गाउँपालिकाबाट विनियोजन गरेको बजेट २ लाख रकम मो. फिरियादले व्यक्तिगत पोखरी निर्माण गरेको बताए ।

खाडो नदी नियन्त्रणको लागि विनियोजन गरेको योजना अनुसार नदी नियन्त्रण नगरी ब्यक्तीगत पोखरी निर्माणको साथै आफनो खेत पुर्नुका साथै खेत सम्याउने काम समेत गरी गाउँपालिकाबाट विनियोजन गरेको बजेट २ लाख रकममा अनियमितता र भ्रष्टाचार भएको स्थानिय देव नारायण यादवले बताए । यसैबिच वडा नं. १ का वडा सदस्य हरि नारायण यादवको घर अगाडी रहेको चन्द्र नहरमा होम पाईप जडान गर्न गाउँपालिकाबाट १ लाख ५० हजार बजेट समेतमा कामै नगरी अनियमितता र भ्रष्टाचार गरेको स्थानिय जय नारायण यादवले बताए ।

तपाईको प्रतिक्रिया