- अमर काफ्ले

नेकपा एमाले सुनसरी अध्यक्ष तर्फको मत गणनामा रेवतीरमण भण्डारीले अग्रता कायमै राखेका छन ।


जिल्ला पार्टी कार्यालय इनरुवामा जारी मत गणनामा भण्डारीले सुरुवातबाटै लिएको अग्रतालाई बढाउँदै लगेका छन ।
निर्वाचन कमिटीले दिएको जानकारी अनुसार १ हजार ४ सय मत गन्दा अध्यक्ष तर्फ भण्डारीले ७ सय २ मत ल्याएका छन । प्रत्यासी खेमराज पोखरेलले ६ सय ६ मतका साथ भण्डारीलाई पछ्याई रहेका छन ।
अध्यक्षका अर्का उम्मेद्वार द्वारिकलाल चौधरी भने प्रतिष्पर्धाबाट बाहिरिएका छन । उनले अहिले सम्म मात्र ६६ मत ल्याएका छन ।
त्यसैगरी पदाधिकारी तर्फ उपाध्यक्ष पदको उम्मेद्वार निलम खनालले ७ सय ९३ मत ल्याएका छन । उनका प्रत्यासी नन्दकुमार बस्नेतले ५ सय ३६ मत पाएका छन ।
यस्तै उप–सचिव तर्फ जारी मतगणनामा राम कोइरालाले अग्रता कायम राखेका छन । उनले अहिले सम्म ६ सय ३२ मत पाएका छन । योग्यराज खड्काले ४ सय ५६ मत ल्याएका छन ।
पदम बहादुर लिम्बुले ४ सय १६ मत ल्याउँदा अञ्जनी कुमार पोखरेलले ३ सय ८१ मत ल्याएका छन । यस्तै लोकेश निरौलाले ३ सय ७२ मत पाएका छन । लहरुमाया जिमीले १ सय ८९ र अर्जुन गहतराजले १ सय ६७ मत ल्याएका छन ।
एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशन अन्तर्गत सम्पन्न मतदानमा १ हजार ८ सय ५ मत खसेको थियो । निर्वाचन कमिटीले आज साँझ अवेर सम्म पदाधिकारी तर्फको परिणाम आउने बताएको छ ।

 

तपाईको प्रतिक्रिया