- अमर काफ्ले

इनरुवा‌।स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार लक डाउनको पक्षमा नरहेको स्पष्ट पारेका छन । मन्त्री खतिवडाले विगतको पाठ सिकेर अघि बढेको वर्तमान सरकार जनताको पक्षमा रहेको भन्दै गरिखाने बाटा बन्द गर्ने पक्षमा आफुहरु नरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरी पुग्नु भएका मन्त्री खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको समेत बताए ।

सो क्रममा उनले प्रयाप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोन सँग जुध्न सरकार सक्षम रहेको बताए । ओमिक्रोन यस अघिका भेरियन्ट भन्दा कमजोर रहेको बताएका मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्या बाट सहजै पार पाउन सकिने धारणा राखेका छन । उनले कोरोनाको सम्वन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफु पायक निर्णय लिन सक्ने समेत बताए ।सबैलाई खोप दिलाउने लक्षमा अघि बढेको सरकार पूर्ण खोप लगाएकाको हकमा बुस्टर डोजमा पुगेको भन्दै मन्त्री खतिवडाले बालबालिकाको लागि समेत छिट्टै कोरोना खोप उपलब्ध गराइने बताएका छन । उनले कोरोनाको बढ्दो संक्रमणको अवस्थालाई मनन गरेर स्थानीय तहले सोही अनुरुपको तयारी थाल्नु पर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया