इनरुवा। सुनसरीको बर्जु गाउँपालिकामा बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारी लाल यादव नआउने भएपछि तोडफोड भएको छ। आयोजकको पुर्वनिर्धारित कार्यक्रम अनुसार आज माघ ४ गते कलाकार यादव नआए पछि तोडफोड तथा आगजनि भएको हो। आक्रोसित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट विक्रि गरि ठगि गरेको भन्दै महोत्सवमा तोडफोड गरेको हो। बर्जु गाउँपालिका ६ चिमडी स्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गते बाट सुरु भएको उक्त महोत्सवमा आज खेसारी लाल यादव आउने प्रचारप्रसार गरेको थिए।

बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले पुस २७ गते बाट महोत्सवमा रोक लगाएको भए पनि सुनसरी प्रशासनको नियमलाई अटेर गर्दे सामाजिक विकास केन्द्रको अगुवामा महोत्सव जारी नै रहेको थियो। खेसारी लाल यादवलाई हेर्न आज विहानै देखि सर्वसाधारणको भिड लागेको भए पनि गायक तथा कलाकार खेसारी लाल यादव आउन सकेन्न।

कलाकार यादवको प्रस्तुति हेर्न नपाएपछि दर्शकहरु आक्रोशित बन्दै स्टेजमा तोडफोड गरेको हो। कार्यक्रम तथा प्रस्तुति हेर्नकालागि सुनसरीका विभिन्न पालिकाका सर्वसाधारणहरुको भिड लागेको थियो । विहान ११ बजे देखि नै खेसारी लाल यादवको कार्यक्रम हेर्न टिकट काटेर कुर्दै बसेका सर्वसाधारण अबेरको ४ बजे सम्म खेसारी लाल यादव नाआउने पक्का भएपछि आक्रोसित बन्दै स्टेजमा तोडफोड गरेका हुन्।

तपाईको प्रतिक्रिया