- दिपेन्द्र यादव

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा विदेशबाट फर्केका युवाहरुको समस्या बुझ्न घर घरमा सामीको कर्मचारीहरु पुगी समस्या बुझ्ने गरेको बताएको छ । कोरोना कहरले वैदेशिक रोजगारी गुमाएर फर्केका युवाहरुको समस्या बुझ्नका लागी सामीको रिटर्नी स्वयंसेवकहरु घर घरमा परिचालन गरिएको हो । कोभिड १९ का कारण वैदेशिक रोजगारीबाट घर फर्केका युवाहरुमा परेका असर तथा समस्या बुझ्न सामी परियोजना अन्र्तगत सामुदायिक विकास संस्था (सिडिओ) सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले स्वास्थय सामग्री सहित आप्रवासीको घरघरमा स्वयमंसेवक पठाएको बताए ।

बिदेशमा कोरोना कहरका कारण रोजगार गुमाएर फर्किएकाहरुको अवस्था के छ र उनीहरु स्वदेश फर्किएपछि के गर्ने सोचमा छन् र उनीहरुलाई केमा समावेश गर्दा उपयूक्त हुन्छ भनेर तथ्य सहितको सुचना संकलन थालिएको कार्यक्रम संयोजक धिरज भट्टराईले बताएका छन् । भट्टराइका अनुसार सुरक्षित आप्रवासन परियोना अन्तरगत रिटर्नी आप्रवासी सुचना संकलन फारम भर्दै तथ्याङ्क संकलन सुरु गरेको हो । सुचना संकलन फारममा बिदेशबाट फर्किएको ब्यक्तिको नाम, ठेगाना, उमेर, बिदेशबाट फर्किका कारण, काम गरेको देश वा गनतब्य मुलुक, फर्किएको मिति, कामको किसिम, व्यक्तिसँग भएको सिप र अनुभव, कामका लागि गरेको अपेक्षा र भविष्यमा रोज्ने पेशा र रोजगार समेत समावेश गरिएको छ । स्वदेश फर्किएकाहरुलाई तथ्याङ्क संकलनमा इनरुवा नगरपालिकामा ३ जना र भोक्राहा नगरसिंह गाउँपालिकामा ३ जना गरी ६ जना रिटर्नी स्वंयसेवकहरुलाई आप्रवासीको घर घरमा खटाएको कार्यक्रम संयोजक भट्टराई जानकारी दिए ।

यता विदेशबाट फर्केका युवाहरुको कोभिड १९ का कारण पूर्ण रुपमा बेरोजगार बनेको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का मनोज मेहताले गुनासो गरे । बैदेशिक रोजगारमा हुँदा न त घर परिवार चलाउन चिन्ता थियो न त छोराछोरीलाई स्कूल पठाउने चिन्ता , अहिले बिदेशबाट आएको तीन महिना पूग्यो कमाएको सबै पैसा सकियो । उनले भने पैसा सक्यो अब घरमा काम छैन् अब कसरी छोराछोरी पढाउनु चिन्ता छ ।

तपाईको प्रतिक्रिया