इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका ६ का २० सुकुम्बासी परिवारलाई घर हस्तान्तरण गरिएको छ । कतार च्यारिटी ट्रष्टले २ करोड ३३ लाख लागतमा निर्माण गरिदिएको चार कोठे घर सुकुम्बासी परिवारलाई हस्तान्तरण गरिएको हो । प्रदेश एकका सामाजिक बिकास मन्त्री जयराम यादवले औपचारिक कार्यक्रमका बिच घरको चाबी सम्वन्धित परिवारलाई हस्तान्तरण गर्नु भएको हो ।

सैजुम मियाले दानमा दिएको जग्गामा कतार च्यारिटीको सहयोगमा हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्टले घर निर्माण गरी सुकुम्बासी परिवारलाई हस्तान्तरण गरेको हो ।खानेपानी ट्याङ्की सहितको भान्सा कोठा र शौचालय युक्त चार कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्टका अध्यक्ष मौलाना हारुनले बताए । मौलाना हारुनले अन्य पालिकामा समेत सुकुम्बासीको हकमा घर निर्माण गरिदिने बताए । यसैबिच कतार च्यारिटी ट्रस्टले इनरुवा अस्पतालकोलागि आवश्यक स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ । उसले इनरुवा नगरपालिका मार्फत ति सामाग्री अस्पताललाई उपलब्ध गराएको हो । ट्रष्टले उपलब्ध गराएको विभिन्न १ सय ३ प्रकारका स्वास्थ्य सामाग्री नगर प्रमुख राजन मेहताले बुझेका थिए

तपाईको प्रतिक्रिया