नवयुग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड इनरुवा ५ बलाहाले संचालनमा ल्याएको गुडिया तालिम सम्पन्न भएको छ ।तालिम क्षमता अभिवृद्धिसँगै स्वरोजगार सृजना गर्ने उद्देश्यले संचालनमा ल्याइएको संस्थाका अध्यक्ष गोबिन्द पोखरेलले बताए । उनले तालिममा सिकेको सिप व्यवहारमा उर्तान सके आम्दानीको स्रोत बन्न सक्ने विश्वास व्यक्त गरे ।

संस्थाको महिला बिभागले आयोजना गरेको तालिममा २८ जनाले सहभागिता जनाएको रञ्जु नेपाल पोखरेलले बताइन । संस्थाको महिला बिभाग अध्यक्ष समेत रहेकी पोखरेलले सेयर सदस्य महिलाकालागि तीन दिने गुडिया तालिम संचालन गरिएको बताइन ।

तालिममा कुशन र गुडिया बनाउन सिकाइएको संस्थाका प्रबन्धक दिलीप पोखरेलले बताए । तालिमका सहभागीहरुलाई प्रशिक्षक प्रमिला पोखरेलले प्रशिक्षण दिएकी थिइन । उनले पहिलो चरण अन्तर्गतको तालिममा कुसन र गुडिया बनाउन सिकाइएको बताइन ।संस्थाले कोरोना महामारीलाई मध्नजर गर्दै स्वास्थ्य सावधानी अपनाएर तालिम समापन गरिएको जनाएको छ । नवयुगले संस्थामा आवद्ध सेयर सदस्यहरुको हितमुखी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया