स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई नेपाल जनस्वास्थ्य संघ प्रदेश नम्बर एककोे अध्यक्ष चुनिनु भएको छ ।

प्रसाई एक नम्बर प्रदेशको नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । नयाँ नेतृत्व चयन प्रकृया अन्र्तगत सम्पन्न निर्वाचन प्रकृयाबाट अध्यक्षमा प्रसाई सहितको ११ सदस्यीय कार्यसमिति निर्विरोध भएको हो ।
पदाधिकारी तर्फ अध्यक्षमा प्रसाई, उपाध्यक्षमा ब्रजेशकुमार मेहता, सचिवमा सूर्यनारायण चौधरी, सह–सचिवमा प्रविण यादव र कोषाध्यक्षमा देबेन्द्र भट्टराई निर्विरोध भएका हुन । यसैगरी कार्यसमिति सदस्य तर्फ चयन हुनेमा संगिता अधिकारी, लक्ष्मी शाक्य, कृष्ण्प्रसाद बजगाई, राजेन्द्र कुईकेल, गजेन्द्रप्रसाद यादव र धिरेन्द्र खड्का रहेका छन । नव निर्वाचित पदाधिकारी तथा सदस्यको कार्यकाल २ वर्षको हुनेछ ।

तपाईको प्रतिक्रिया