प्रदेश १ मा दुई दिने आर्थिक सम्मेलन आयोजना हुने भएको छ। उद्योग संगठन मोरङले प्रदेश १ मा सम्मेलन आयोजना गर्ने भएको छ ।संगठनका अध्यक्ष सुयश प्याकुरेलको जानकारी अनुसार प्रदेश १ को विराटनगरमा यो सम्मेलन गर्न लागेको हो। उनले बताए अनुसार ‘पाथवेटु प्रोसपेरिटी प्रोभिन्स वान’ भन्ने थिममा आर्थिक सम्मेलन हुन लागेको हो। सम्मेलन यही वर्षको फागुन १३ र १४ गते हुने भएको छ।

प्रदेश १ को आर्थिक एवं औद्योगिक विकासको आगामी मार्गचित्र तयार गर्ने लक्ष्यसहित सरकार, नीजि क्षेत्र, प्राज्ञिक क्षेत्र एवं मिडिया क्षेत्रको सहभागितामा सम्मेलन गर्न लागिएको हो ।प्रदेश १ को आर्थिक एवं सामाजिक विकासका लागी दिर्घकालिन सोच  ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ र ‘सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माण गर्ने’ लक्ष्य निर्धारण गर्न यो सम्मेलनले सहयोगी भूमिका खेल्ने अपेक्षा राखिएको छ ।

सम्मेलनमा प्रदेश नं १ को आर्थिक एवं औद्योगिक विकासका सम्भावनाहरु के के छन ? यस क्षेत्रको विकासका लागि हालसम्म के कस्ता प्रयासहरु भए ? लगायतका विषय खोतलिने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया