लामो दूरीका सवारी साधन अब चल्ने भएको छ। असोज १ गतेदेखि सरकारले लामो दूरीका सवारी चलाउन दिने निर्णय गरेको छ। भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकमा सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त निर्णय गरेको जानकारी दिए।

मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ। यात्रु राख्दा क्षमताको ५० प्रतिशत मात्र राख्नुपर्नेछ भने एउटा लहरमा एक जनामात्र यात्रु बस्नु पर्नेछ। यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ।

तपाईको प्रतिक्रिया