आज बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ । भूकम्प ५ बजेर १९ मिनेटमा गएको हो । काठमाडौं सहित देशका विभिन्न जिल्लामा कडा धक्कासहितको भूकम्पको झड्का महसुश भएको थियो । भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन । पछिल्लो समय ५ रिक्टरस्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको हो । भुकम्पको धक्का देशको पुर्विय भागमा समेत महसुस गरिएको थियो।

तपाईको प्रतिक्रिया