इनरुवा/यात्रु बसमा सवार एक व्यक्ति मृत भेटिएका छन । जनकपुरबाट कांकडभिट्टा जाँदै गरेको बसमा सवार व्यक्ति सिटमा मृत भेटिएका हुन । सुनसरी प्रहरीका अनुसार बसको सिटमा मृत भेटिएका व्यक्ति भारतीय नागरिक हुन ।

उनको साथबाट भारतको पश्चिम बंगाल घर रहेको वर्ष ५५ को राजकुमार हल्दार नाम उल्लेख रहेको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । सोही परिचय पत्र र फोटोका आधारमा मृतकको पहिचान भएको सुनसरी प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मृतक को १ ख ४९९८ नम्बरको बसमा सवार थिए । सिटमा रहेको अवस्थामै मृत पाइएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले भाण्टाबारीबाट उनको शव पोष्टमाटमकालागि इनरुवा अस्पताल पुर्याएको जनाएको छ ।

तपाईको प्रतिक्रिया