सुनसरीको प्रकाशपुरमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथ तोडफोडमा संलग्न युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथ फुटाएर रकम चोरीको प्रयास गर्ने राजावासका २७ वर्षिय सरोज राईलाई प्रकाशपुर प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो ।
सुनसरी प्रहरीका अनुसार राईलाई प्रहरी चौकी प्रकाशपुरका प्रहरी सहायक निरीक्षक संजिव अधिकारीको टोलीले पक्राउ गरेको हो । उनको साथबाट बुथबाट चोरी भएको सीसी क्यामेरा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नरेन्द्रकुमार कार्कीका अनुसार एटीएम बुथ फुटाउने क्रममा राईले सीसी क्यामेराको तार काटेका थिए । बुथ फुटाएर रकम चोरीको प्रयास असफल भएपछि राई सीसी क्यामेरा चोरेर फरार भएका थिए । प्रहरीले पक्राउ परेको व्यक्ति उपर चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया