- अमर काफ्ले

इनरुवा। सुनसरीको कोशी गाउँपालिकाको लौकही सडक खण्डमा बस र ट्रक आपसमा ठोकिदा आगलागी भएको छ। विपरित दिशामा रहेका दुई सवारी आपसमा ठोकिदा आगजनी हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाका अनुसार घटनामा दुई दर्जन बढीयात्रु घाइते भएका छन। उनले बसका चालक सहित ३ जनाको मृत्यु भएको बताए ।

घाइतेको इनरुवा अस्पतालमा र केही गम्भिर अवस्थाका बिरामीलाई थपउपचारकालागि बिराटनगर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाको पूर्ण विवरणभने आउन बाँकी रहेको जनाएको छ । ना ८ ख ८४९३ नम्बरको यात्रु बस र सिमेन्टी बोकेको ना६ख २९९६ नम्बरको ट्रक आपसमा ठोकिदा आगलागी भएको हो । आगलागीका कारण बस पूर्ण रुपमा जलेको छ ।

तपाईको प्रतिक्रिया