इनरुवा। कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीले स्वार्थका नाममा प्रतिशोधपूर्ण राजनीतिनगर्न विपक्षीदलका नेता समक्ष आग्रह गरेकाछन । गाउँपालिकामा आफु विरुद्ध छेडिएको आन्दोलनलाई प्रतिशोधपूर्ण राजनीतिको संज्ञा दिदै अन्सारीले एमाले लगायतका दल स्वार्थपूर्ण तवरले प्रतिशोधको राजनीतिमा उत्रिएको बताए । जसलाई उनले विपक्षीदलहरु आफ्नो लोकप्रियताबाट झस्केको रुप मालिएको बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष अन्सारीले आफु विरुद्ध खनिएका एमाले र जसपा चुनावी फण्डामा लागेको समेत बताए । उनले विपक्षीदलहरुलाई आफुले भ्रष्टाचार गरेको प्रमाण भए जनताका सामू पेश गर्न चुनौती समेत दिए । पत्रकार सम्मेलनका बिच अन्सारीले वडा भित्रको भ्रष्टाचारको विषयलाई लिएर समग्र पालिका र आफुलाई मुछ्ने कामगरिएको प्रति आपत्ति जनाए । उनले आन्दोलनका नाममा आफुमाथि भएको आक्रमणको प्रयास र गाडीमा तोडफोडको कार्य प्रतिभत्सर्ना व्यक्त गरे ।

पत्रकार सम्मेलनको क्रममा अध्यक्ष अन्सारीले आफुले भ्रष्टाचार नगरेको र कोही कसैले गरेको प्रमाण फेला परे कार्वाहीको प्रकृया चाल्नबाट पछि नहट्ने बताए । उनले वडानम्बर २ को सम्वन्धमा छानविन भैरहेको समेत बताए । आफुमाथिलागेको आरोपबारे धारणा राख्न पत्रकार सम्मेलनको आयोजना गरेका अन्सारीले गाउँपालिकामा सृजितघटनाक्रम सुनियोजित रहेको दाबी समेत गरे । सो क्रममा उनले जनमतपार्टीको आडमा नेकपाएमाले र जसपाले खेल्न खोजेको आरोप लगाएकाछन । कोशीगाउँपालिका २ कीकार्यवाहक वडा अध्यक्ष द्रौपदीदेवी साह उपर कोभिड प्रभावितलाई नगद वितरणको क्रममा नामावली सिफारिसमा आफुखुशी गरेको र आर्थिक अनियमितताको आरोप लागेको थियो । जसपा समर्थित विद्यार्थी नेताहरुले उनीमाथि त्यस्तो आरोप लगाउँदै कार्वाहीको माग सहित आन्दोलनच र्काएका थिए । सोहीक्रममा अध्यक्ष अन्सारीले कार्य कक्षमा थुनेर आफुमाथि दुर्व्यवहारको प्रयास भएको बताउँदै आएका छन ।आन्दोलनका क्रममा भएको तोडफोड र बिरोध प्रर्दशनका क्रममा जसपाका विद्यार्थी नेता सहित अगुवाका साथै जनमत र एमालेका नेताकार्यकर्ताको समेत सहभागिता रहेको अध्यक्षको दाबी रहेको छ ।
आन्दोलनका क्रममा भीडले अध्यक्षको गाडीमा तोडफोड गरेको थियो । प्रहरीले घटनामा संलग्नताको आधारमा पक्राउ गरेको ब्रम्हदेव यादव लगायतका विद्यार्थी नेताहरुलाई एक दिनथुनामा राखेर प्रशासनको आदेशमा छाडेको थियो ।

तपाईको प्रतिक्रिया