- अमर काफ्ले

मधेशा युवा टिमले एक सय घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गराएको छ । टिमले अति विपन्न एक सय घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गराएको हो ।


मधेशा युवा टिमका अध्यक्ष उत्तम कार्कीका अनुसार वडा भित्र रहेका अति विपन्न परिवारको लगत संकलन गरी निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।
कार्कीले स्थानीय स्तरमा सहयोगी दाताहरुबाट जुटेको रकमबाट अति विपन्न परिवारकोलागि स्वास्थ्य बीमा गरिएको बताए ।


सहयोग जुट्ने क्रम जारी रहेको बताएका कार्कीले छुटेका सहित वडा भित्रका अन्य विपन्न,दलित,गरिव परिवारलाई समेत स्वास्य बीमा कार्यक्रममा समेटिने बताए ।
मधेशा युवा टिमले निःशुल्क स्वास्थ्य बीमा गरिदिएको परिवारलाई औपचारिक कार्यक्रमका बिच बीमा कार्ड हस्तान्तरण गरिएको छ ।
जनता मा.बि.मा आयोजित कार्यक्रममा संघीय सांसद सीताराम मेहताका साथै इनरुवा नगर प्रमुख राजन मेहताले सम्वन्धित परिवारलाई बीमा कार्ड हस्तान्तरण गर्नु भएको थियो ।
मधेशा युवा टिमले कोरोना महामारीका समयमा अशक्त, गरिव, विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सहितको राहत प्याकेज उपलब्ध गराएको थियो ।
पछिल्लो पटक भने उक्त टिम स्वास्थ्यमा सबैको सहज पहुँच भन्ने नाराका साथ स्वास्थ्य बीमाको कार्यमा अग्रसर देखिएको छ ।

तपाईको प्रतिक्रिया