प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसद्ले आइतबार महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले आफनो धारणा बनाउन संसदीय दलको बैठक अगाडि सचिवालय बैठक बोलाएको एमाले नेता विष्णु रिजालले सेतोपाटीलाई जानकारी दिए।बैठक आजै साँझ ६ बजे बालकोटमा बस्ने तय भएको छ।

बैठकमा जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्ने र आगामी बैठकमा टेबुल हुन लागेको एमसिसीको विषयमा आफ्नो धारणा बनाउने षयमा केन्द्रीत हुनेछ।त्यस्तै एमालेले भोलि ११ बजेका लागि संसदीय दलको बैठक पनि यसअघि नै  बोलाइसकेको छ।संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा सहभागी हुन जिल्ला बाहिर रहेका आफ्नो सबै सांसदलाई आज बेलुकासम्म काठमाडौं आइपुग्न निर्देशनसमेत जारी गरेको छ।स्थानीय तहको चुनावको सम्बन्धि प्रशिक्षण सुरु गरेपछि एमालेका अधिकांश सांसद राजधानी बाहिर छन्।

तपाईको प्रतिक्रिया