- अमर काफ्ले

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को बिरोधमा एकीकृत समाजवादीले इनरुवामा प्रदर्शन गरेको छ ।एमसीसी सम्झौता अविलम्ब खारेजी गरिनु पर्ने लगायतका माग सहित समाजवादीका जिल्ला जनसंगठनहरुले प्रदर्शन गरेको हो ।

अनेरास्ववियूमा आवद्ध विद्यार्थी नेता लगायतको उपस्थितिमा आयोजित बिरोध कार्यक्रममा पार्टीको जिल्ला र नगर तहका नेताहरुको समेत सहभागिता रहेको थियो । उपस्थिती रहेको थियो ।एमसीसीको बिरोधकालागि समाजवादीका बिद्यार्थी सहितका नेताहरु इनरुवा पुगेका थिए । सो क्रममा सखुवागाछीबाट एमसीसीको बिरोधमा नाराबाजी सहितको प्रदर्शन थालिएको थियो ।

इनरुवाको बजार क्षेत्र हुँदै लोकतान्त्रिक चोक सम्म प्रदर्शन गरेका उनीहरुले कोणसभा गरी कार्यक्रमको समापन गरेका थिए । बिरोध प्रदर्शनका क्रममा सहभागीहरुले गो ब्याक एमसीसी लगायतका नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया