काठमाडौं । राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता रहेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी लिएर राप्रपा नेपाललाई सक्रिय बनाएका छन् । लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएका छन् ।

आयोगले पत्र पनि दिएकाले आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा भएका छन् । केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए । कमल थापाले आगामी फागुन ७ गते राप्रपा नेपाल सक्रिय भएको आधिकारिक घोषणा गर्ने तयारी गरेको उनी निकट नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया