सुनसरी। सुनसरी हरिनगरा-४ बस्ने ३५ बर्षीय दिनेश मण्डलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । गएराती उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई हरिनगरा स्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकलले किचेर मण्डलको मृत्यु भएको भनि आफन्तले आज प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया