इनरुवा/सुनसरी जिल्ला अदालतलाई सामाजिक अभियन्ता रोहित निरौलाले स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।निरौलाले थर्मल गन सहित मास्क र सेनिटाइजर सुनसरी जिल्ला अदालतलाई सहयोग स्वरुप उपलब्ध गराएका हुन् । युवा अभियन्ता जेनियस निरौला सहित अदालत पुगेका रोहितले उक्त सामग्री जिल्ला न्यायाधिश अर्जुन प्रसाद कोइरालालाई भेटेर हस्तान्तरण गरेका हुन् ।अदालतमा सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै थर्मल गन उपयोगी सावित हुने रोहितले बताए ।

अभियन्ता निरौलाले कार्यालय प्रयोजनमा खटिने कर्मचारी सहितको स्वास्थ्य सजकताको लागि मास्क र सेनिटाइजर समेत उपलब्ध गराइएको बताए । उनले आवश्यक्ता अनुसार अन्य स्वास्थ्य सावधानीका लागि प्रयोगमा आउने सामग्री समेत उपलब्ध गराउने बताए ।स्वास्थ्य सामग्री बुझ्दै जिल्ला न्यायाधिश कोइरालाले थर्मन गन, मास्क र सेनिटाइजर कार्यालय संचालन र सेवा प्रवाहका सवालमा उपयोगी हुने बताए ।

उनले कार्यालय प्रवेश गर्ने सेवाग्राही सहित सबैको तापक्रम जाँच गर्न प्रयोगमा आउने थर्मन गनको उपलब्धताले कोरोनाको सम्भावित लक्षण पहिचान गर्न मद्यत पुग्ने बताए । कोइरालाले कार्यालय प्रवेशमा मास्क र सेनिटाइजर समेत अनिवार्य गरिएकाले अदालतबाट प्रवाह हुने सेवा पूर्णरुपले स्वास्थ्य मापदण्ड अनुरुप रहेको समेत बताए । प्राप्त स्वास्थ्य सामग्रीले थप सेवा प्रवाहमा थप सहजता हुने उनले बताए । जिल्ला न्यायाधिश कोइरालाले अदालतको सबै सेवा सुचारु रहेकाले सर्वसाधारणले सोही अनुरुपको सेवा लिन सक्ने समेत बताए ।

तपाईको प्रतिक्रिया